ललितपुर – ललितपुर जिल्ला अदालतले खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएको छ ।
अदालतको प्रशासन शाखाले सूचना जारी गर्दै खाजाको समयमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको हो ।
नयाँ व्यवस्थाअनुसार आईतबारदेखि बिहीबारसम्म खाजा समय १:३० बजेदेखि २:३० बजेसम्म र शुक्रबारका दिन १ बजेदेखि २ बजेसम्म तोकिएको भए तापनि यस अवधिमा पनि अदालतको सेवा नियमित रूपमा जारी रहने भएको छ ।
अदालतले सम्पूर्ण सेवाग्राहीलाई जानकारीका लागि सूचना प्रकाशित गरेको छ ।




प्रतिक्रिया