ललितपुरको मेयरमा उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने विवेकशील साझाको निर्णय

ललितपुरको मेयरमा उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने विवेकशील साझाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

पार्टीले आज दिउँसो २ बजे पाटन दरबार स्क्वायरको भिमसेन मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी श्रेष्ठको उम्मेदवारी घोषणा गर्न लागेको हो । श्रेष्ठ २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट चुनाव लडेका थिए ।

वैशाख ३० गते हुने निर्वाचनका लागि यसअघि काठमाण्डु महानगरका लागि विवेकशीलले दुवै पदमा महिला उम्मेदवार अघि सारेको थियो । जसमा काठमाण्डुको मेयरमा समीक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उपमेयर उठाउने घोषणा गरेको थियो ।