माओवादी ललितपुर संयोजक कट्टेल र सचिव पुलामीले दिए राजीनामा

माओवादी ललितपुर संयोजक कट्टेल र सचिव पुलामीले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र ललितपुर संयोजक संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले राजीनामा दिएका छन् ।

हालै सम्पन्न आमनिर्वाचनमा माओवादी केन्द्रकी उपमहासचिवसमेत रहेकी ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएपछि यसको जिम्मेवारी लिँदै नैतिकताको आधारमा उनीहरुले पदबाट राजीनामा दिएका हुन् ।

ललितपुर क्षेत्र नम्बर ३ बाट भुसाल पराजित भएकी थिइन् । सोही क्षेत्रको प्रदेशसभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन र ललितपुर क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा माओवादी केन्द्रका हरि दाहाल पराजित भए ।