काठमाण्डु – ललितपुर महानगरपालिकामा ७७ वर्षमाथिका नागरिकलाई आज कोरोनाविरुद्धको दोस्रो मात्रा डोज खोप लगाइने भएको छ । महानगरपालिकाले सूचना निकालेर ७७ वर्ष माथिका २ हजार २ सय नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा खोप लगाइने जानकारी दिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयबाट कोभिशिल्डको दोस्रो मात्राको लागि २५ सय खोप मात्रै उपलब्ध भएकाले वडाको सिफारिसमा ७७ वर्ष माथिका २ हजार २ सय जनालाई र बाँकी स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, कर्मचारी र जनप्रतिनिधिलाई लगाइने महानगरपालिकाले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने खोपको लागि आठ वटा केन्द्र तोकिएका छन् ।




प्रतिक्रिया