ललितपुरका यी स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने

ललितपुरका यी स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने


काठमाण्डु –  नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले मर्मत सम्भारलगायतका कामका लागि विद्युुत् कटौती गर्न लागेको हो ।

प्राधिकरणले पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडरअन्तर्गत पर्ने शंखमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुने एक सूचनामार्फत जनाएको छ ।

तोकिएको समयभन्दा अगावै निर्धारित कार्य सम्पन्न भए बिजुली प्रवाह शीघ्र हुने प्राधिकरणले जनाएको छ । बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा पनि मागेको छ ।