काठमाण्डु- ललितपुर महानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को असार २५ गते बुधबारसम्मको कुल खर्च ६८.१४५ पुगेको छ।
आफ्नो सातौँ नगरसभाबाट पारित आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा शनिबार आयोजित पत्रकार सम्मेलनमा महानगरले चालु आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति र आगामी वर्षको योजना तर्जुमा प्रक्रियाबारे जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा प्रस्तुत तथ्याङ्क अनुसार पुँजीगत खर्च ६०.६२ र चालु खर्च ८५.३२ प्रतिशत रहेको छ। राजस्व सङ्कलन भने लक्ष्यको ७५ प्रतिशत हासिल भएको महानगरले जनाएको छ। लेखा परीक्षणमा बेरुजु ०.५२ प्रतिशत मात्र देखिएको छ ।
महानगरले आफ्नो संस्थागत क्षमतामा पनि सुधार देखाएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३.५५ अङ्क प्राप्त गरेको छ भने वित्तीय जोखिम मूल्याङ्कनमा ९९.५ प्रतिशत अङ्क हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको मूल्याङ्कनमा ललितपुर महानगरपालिकाले ७४.७१ प्रतिशत अङ्क पाएको जानकारी दिइएको छ।
महानगरपालिकाले आफ्नो आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र बजेटबारे पनि जानकारी दिएको छ। महानगरपालिकाको सातौं नगरसभाबाट पारित यस योजनामा ३४ वटा क्षेत्र समेट्दै कुल ३८८ वटा नीतिहरू निर्धारण गरिएका छन्।




प्रतिक्रिया