ललितपुरमा भागवण्डा मिलाउने जिम्मा प्रदेशलाई दिने गठबन्धनको निर्णय

ललितपुरमा भागवण्डा मिलाउने जिम्मा प्रदेशलाई दिने गठबन्धनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – पाँच दलीय सत्ता गठबन्धनमा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति जुटेको छ ।

कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दावी छ । उनले भने, ‘ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली कांग्रेसलाई नै दिने सहमति बनेको छ ।’

निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमती नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको छ । नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ ।

‘हामी आन्तरिक तयारी गरिरहेका छौं । परिआए एक्लाएक्लै लड्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने । उनका अनुसार महालक्ष्मी र माहाँकाल गाँउपालिकामा एकीकृत समाजवादीले दावी गरे पनि सहमति भएन ।