ललितपुरमा क्यूआरटीमा खटिने प्रहरीहरू ‘बडी वर्न क्यामेरा’सहित परिचालन

ललितपुरमा क्यूआरटीमा खटिने प्रहरीहरू ‘बडी वर्न क्यामेरा’सहित परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अव ललितपुरका क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा खटिने प्रहरीहरू ‘बडी वर्न क्यामेरा’सहित परिचालन हुने भएका छन् ।

नागरिकको गुनासो तथा समस्यालाई तत्काल सम्बोधन गर्न घटनाको यर्थाथ चित्रण गर्न बडी वर्न क्यामेरासहितको क्यूआरटी परिचालन गरिएको जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाले बडी वर्न क्यामेरासहितको क्युआरटीको उद्घाटन गरेका थिए । विपद्को अवस्थामा यथाशीघ्र उद्धार, शंकितलाई छिटो पक्राउ गर्न, सूचना संकलन गर्न र चुस्त कार्यसम्पादनका लागि भन्दै क्यूआरटी परिचालन हुँदै आएका छन् ।