ललितपुर महानगरको सेवा १५ दिन बन्द गर्ने निर्णय

ललितपुर महानगरको सेवा १५ दिन बन्द गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुर महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द गर्ने घोषणा गरेको छ ।

बुधवार एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाले कोरोनाको संक्रमण र जोखिम दिनदिनै बढेकाले अत्यावश्यकबाहेक कुनै पनि सेवा नदिने जनाएको हो ।

उपत्यका मेयर्स फोरमको बैठकले उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै १५ दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको हो ।