काठमाण्डु – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।
राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा आइतबार अपराह्न त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । फाैजदारी आराेपमा पक्राउ पर्ने राउत नेपाल सरकारका दाेस्राे बहालवाला सचिव हुन् ।
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले आजै अन्य दुई जनालाई पनि पक्राउ गरेको थियो । पछिल्लोपटक यो ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ ।




प्रतिक्रिया