सरकारविरुद्ध अनेरास्ववियूले निकाल्यो लालटिन प्रदर्शन

सरकारविरुद्ध अनेरास्ववियूले निकाल्यो लालटिन प्रदर्शन


काठमाण्डु– नेकपाको प्रचण्ड–नेपाल पक्षको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले सरकार विरुद्ध प्रदर्शन गरको छ ।

सरकारविरुद्ध मंगलबारबाट दोस्रो चरणको अन्दोलन सुरु गरेको अनेरास्ववियू केन्द्रिय कमिटिले आज बुधबार दिउँसै लालटिन बालेर प्रदर्शन गरेको हो । आज भएको प्रदर्शनमा ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है ! संविधानमा संसद् विघटनको धारा खै ?’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङ लगायत विद्यार्थीहरु सहभागी थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले सरकारविरुद्ध प्रदर्शन गर्दै आइरहेको छ ।