१५ मत मात्र पाएपछि बहादुर बागमती कांग्रेस दलको नेताबाट ‘आउट’

१५ मत मात्र पाएपछि बहादुर बागमती कांग्रेस दलको नेताबाट ‘आउट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको बैठक जारी छ ।

बैठकबाट लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। मत विभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दायर गरेका हुन् ।

मत विभाजनमा इन्द्र बानियाको पक्षमा २२ सांसदले हस्ताक्षर गरे । यस प्रदेशमा कांग्रेसका कुल ३७ सांसद छन् । बहुमतका लागि १९ जना चाहिन्छ ।

बैठकमा कांग्रेसको केन्द्रीय नेतृत्वबाट प्रतिनिधि रूपमा राजन केसी पनि सहभागी छन् । बैठकको प्रारम्भमै केसीको सहभागिता र केन्द्रबाट पठाइएको पत्र औपचारिक रूपमा पढेर सुनाइएको थियो ।