लमजुङमा ४० प्रतिशत मत खस्यो


लमजुङ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जारी मतदानमा लमजुङमा ४० प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाका अनुसार अपरान्ह ३ बजेसम्म ५३ हजार १ ५४ मत खसेको छ ।

लमजुङका १३० वटा मतदानस्थको १ सय ८८ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ । लमजुङमा प्रतिनिधिसभा तर्फ एउटा र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभातर्फ ११ जना र प्रदेश क मा ५ जना र प्रदेश ख मा ६ जना चुनावी मैदानमा छन् ।

लमजुङमा जम्मा एक लाख ३३ हजार ५५९ मतदाता रहेका छन्। जिल्लामा ६८ हजार २८८ महिला मतदाता रहेका छन् भने ६५ हजार २७१ पुरुष मतदाता छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement