लमजुङमा बस खोलामा खस्यो, एक जनाको मृत्यु

लमजुङमा बस खोलामा खस्यो, एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार विहान ७ बजे बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका–७ पाउँदीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त बस प्रहरी चेक पोष्ट नजिकैबाट करिव १०० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस स्टार्ट अवस्थामै रहदाँ चालक बसबाट ओर्लिदा बस आफैं चलेर खोलामा खसेको प्रहरीको भनाई रहेको छ । उक्त बसमा करिव १२ जना यात्रु थिए ।