लमजुङ केन्द्रबिन्दु भएर फेरि गयो ५.३ रेक्टर स्केलको भूकम्प

लमजुङ केन्द्रबिन्दु भएर फेरि गयो ५.३ रेक्टर स्केलको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।  बुधबार बिहान लमजुङको भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाण्डु उपत्यकामा पनि महसुश गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।

बिहान गएको भूकम्पले लमजुङमा केही मानिस घाइते छन् भने केही घरमा क्षति पुगेका विवरण आएका छन्।