आज १० बजेर १० मिनेटमा देशैभर लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान सुरु हुँदै

आज १० बजेर १० मिनेटमा देशैभर लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान सुरु हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सरकारले आज देशैभर लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान आज देशव्यापी रूपमा सुरु हुन लागेको हो ।

‘डेङ्गु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल जस्तै पानी जम्ने ठाउँ खोजी लाम्खुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कार्यलाई कम्तीमा हप्ताको एकपटक शुक्रबार १० बजेर १० मिनेट देशाव्यापी अभियानका रूपमा सञ्चालन गर्न सबैलाई हार्दिक अपिल गर्दछु’, बिहीवार सन्देश जारी गर्दै प्रधानमन्त्री केपी ओलीले भने ।

नेपालका केही जिल्लामा हालसम्म पनि डेङ्गु रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको छ ।

‘नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ । स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुनेछ’, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।