परराष्ट्र सचिव लम्साल आज नयाँदिल्ली जाँदै

परराष्ट्र सचिव लम्साल आज नयाँदिल्ली जाँदै


काठमाण्डु- परराष्ट्र सचिव सेवा लम्साल आज भारत जाने भएकी छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरुको नयाँदिल्लीमा असार २७ र २८ गते हुने ‘रिट्रिट’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव  लम्साल आज त्यसतर्फ जान लागेकी हुन् ।

उक्त कार्यक्रममा बिम्स्टेकको प्रारुपभित्र रहेर सहमति भएअनुरुप क्षेत्रीय चासो, सहयोग एवं साझेदारीका विषयलाई अझ सुदृढ बनाउने सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

रिट्रिटमा सहभागी हुने बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । सचिव लम्साल असार २९ गते शनिबार स्वदेश फर्कने छिन् ।