हवाईमा हुने ‘ल्याण्ड फोर्सेस टक’मा नेपालको प्रतिनिधित्व गर्दै अनुपजंग थापा

हवाईमा हुने ‘ल्याण्ड फोर्सेस टक’मा नेपालको प्रतिनिधित्व गर्दै अनुपजंग थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली सेनाका उपरथी अनुपजंग थापाले यसपटक अमेरिकी सेनाको प्यासिफिक कमाण्ड (USARPAC) ले आयोजना गर्ने ‘ल्याण्डफोर्सेसटक’ मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। कार्यक्रम अमेरिकाको हवाईमा अगस्ट १० देखि १२ सम्म सञ्चालन हुनेछ।

यसअघि नेपाली सेनाको तर्फबाट रथी तहका अधिकारीले सहभागिता जनाउने प्रचलन रहे पनि यसपटक भावी प्रधानसेनापतिका दाबेदार मानिएका उपरथी थापालाई प्रतिनिधिका रूपमा पठाइएको हो।

उपरथी थापासँगै रक्षामन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल र परराष्ट्र मन्त्रालयको अमेरिका–युरोप डिभिजनकी उपसचिव प्रतिज्ञा राई पनि कार्यक्रममा सहभागी हुन हवाई प्रस्थान गरिसकेका छन्।

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतले उपरथी थापा सम्मेलनमा सहभागी हुने पुष्टि गरेका छन्।

गत वर्ष काठमाडौंमा आयोजित ‘ल्याण्ड फोर्सेस टक’मा नेपाली सेनाका रथी प्रदीपजंग केसीले नेपालको प्रतिनिधित्व गरेका थिए।

‘ल्याण्ड फोर्सेस टक’ अमेरिकी सेना र साझेदार राष्ट्रका स्थल सेनाबीच नियमित रूपमा हुने उच्चस्तरीय सैन्य संवाद हो। सम्मेलनमा द्विपक्षीय सैन्य सहकार्य विस्तार, संयुक्त सैन्य अभ्यास, तालिम, क्षमता अभिवृद्धि तथा क्षेत्रीय सुरक्षा चुनौतीलगायतका विषयमा छलफल हुने कार्यक्रम छ।