बझाङ – केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १७ घर पहिरोले बगाउँदा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान गएको पहिरोमा परि सात जनाकाे मृत्यु भएकाे हाे ।
मृत्यु भएकामध्ये ६ जनाको शव भेटिएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । स्थानीय र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका ६ जनाको शव निकालेका छन् ।
आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया रामती जेठारा, उनकी १५ बर्षीया छोरी शान्ती जेठारा, ११ वर्षिया छोरा प्रयागराज जेठारा, ७ वर्षकी छोरी अस्मीता जेठारा तथा ८० वर्षिय दले जेठारा, १२ बर्षिय सन्तु जेठाराको शव निकालेको घटनास्थलमा खटिएका असई रायभान सिंह ऐरीले बताए । उनका अनुसार पहिरोमा पुरिएका २० बर्षीया गिरीजा जेठाराको खोजी कार्य भइरहेको छ ।
गएराती अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसीका १७ घर बगाएको हो ।




प्रतिक्रिया