प्रदेश २ सरकारको निर्णय:बाढी पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई ३ लाख दिने

प्रदेश २ सरकारको निर्णय:बाढी पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई ३ लाख दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – प्रदेश–२ सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई ३-३ लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले राहत तथा उद्दारलाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।

मन्त्रीपरिषद्को बैठकले अहिलेसम्म राहत तथा उद्दारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै राहत तथा उद्दारमा जुट्न प्रदेशभरीका युवाहरुलाई आह्वान समेत गरेको छ।

बाढीपहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्थामा राहत तथा उद्दारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउने पहल भइरहेको समेत भइरहेको छ ।