बाढी-पहिरो अपडेट : मृत्यु संख्या ६५ पुग्यो, ३० जना बेपत्ता

बाढी-पहिरो अपडेट : मृत्यु संख्या ६५ पुग्यो, ३० जना बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट हालसम्म ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २४ महिला र ४१ पुरुषको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिरोबाट ३८ जना घाइते भएका छन्। घाइते १७ महिला र २१ पुरुषको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। यी घटनामा ३०जना अझै बेपत्ताछन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषको खोजी जारी रहेको जनाइएको छ।