काठमाडौं – बाढीपहिरोमा परी देशभर अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते छन्।
बाढी पहिरोमा परी ललितपुरमा सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ। काठमाडौँ, खोटाङ र काभ्रेमा तीन-तीन जनाको मृत्यु भएको छ। त्यसैगरी भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा दुई-दुई जनाको ज्यान गएको छ भने ओखलढङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक-एक गरी ३० जानको मृत्यु भएको हो।
प्रहरीका अनुसार चितवन, रामेछाप, बारा, पर्सा, सुनसरी, ओखलढुंगा, झापा र इलाममा १–१ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १–१ जनाको सकुशल उद्दार गरिएको छ ।
बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ ।साथै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १–१ जना गरी १२ जना घाइते भएका हुन् । सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १–१ जना गरी १८ जना वेपत्ता भएका छन् ।





प्रतिक्रिया