२८ दिनको लामो उपचारपछि घर फर्किएकी लतालाई परिवारले भेट्न दिएन आफन्त


एजेन्सी – बलिउडकी चर्चित गायिका लता मंगेश्कर अस्पतालबाट डिस्चार्ज भएकी छन् । फोक्सोमा गम्भिर संक्रमण भएपछि ११ नोभेम्बरमा अस्पताल भर्ना भएकी लता २८ दिनको लामो स्वास्थ्य उपचारपछि उनी आफ्नो निवास प्रभु कुञ्जमा फर्किएकी हुन् ।

लताको परिवारले अहिले उनलाई भेट्न पुग्ने उनका आफन्त, साथी कोहीसँग पनि भेट्न नदिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । सामाजिक संजालमा उनको मृत्युको हल्ला समेत फैलिएको थियो । लत्ताले भने सामाजिक संजालमा आफ्नो मृत्युको हल्ला चलेपनि यसले आफूलाई अझै केही बर्षका लागि जीवन दिएको उल्लेख गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement