डा. केसीका समर्थकलाई अश्रुग्यास ग्यास र लाठीजार्ज , दर्जनौ प्रर्दशनकारी सहित पत्रकार घाइते

डा. केसीका समर्थकलाई अश्रुग्यास ग्यास र लाठीजार्ज , दर्जनौ प्रर्दशनकारी सहित पत्रकार घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – डाक्टर केसीका समर्थनमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई लक्षित गरी प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेको छ। माइतीघरदेखि बानेश्वरसम्म नारा लगाउदै प्रदर्शनकारीले  निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा  प्रहरीले शनिबार दिउँसो बल प्रयोग गरेको हो। प्रहरीले पटक पटक अश्रुग्यास हानेको छ। लाठी लागेर दर्जन बढी प्रदर्शनकारी घाइते छन्।

यस्तै माइतीघर मण्डलामा तरुण दलले गरेको विरोध र्‍यालीमा पनि प्रहरीले लाठी चार्ज गरेको छ। तरुण दलका कार्यकर्तासहित पत्रकारहरू घाइते छन्। प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको हातमा चोट लागेको छ।

त्यस्तै प्रहरी इन्सपेक्टर खेम नेपाल घाइते भएका छन् । उनको नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । यस्तै तरुण दलतर्फपनि केहि कार्यकर्ता घाइते भएको बताइएको छ । सो क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको बताइएको छ ।