काठमाण्डु– गर्मीमा शरीरलाई चिसो राख्न मद्दत गर्ने खानेकुराको विशेष महत्व हुन्छ । गर्मी मौसममा पाचन प्रकिया कमजोर हुन्छ र रोगको संक्रमण हुने जोखिम बढ्छ ।
गर्मी याममा खानपानमा विशेष ख्याल राखिएन भने स्वास्थ्यमा जटिल समस्या समेत आउन सक्छ ।
गर्मीमा सकेसम्म सजिलै पच्ने र हल्का खानेकुरा खानुपर्छ । तराईका ठाँउमा गर्मीमा लू तथा हिट स्ट्रोकको डर हुन्छ । यस्ता समस्याबाट बच्न खानामा लौका, प्याज, करेला जस्ता तरकारी नियमित भोजनमा समावेश गर्नुपर्छ ।
लौका एक यस्तो स्वस्थ तरकारी हो जुन गर्मीमा सजिलै पाइन्छ र धेरै तरिकाले उपभोग गर्न सकिन्छ।
गर्मीमा लौकाको सेवनले शरीरमा शीतलता ल्याउँछ । लौकाको प्रभाव चिसो हुन्छ। साथै, लौकाको सेवनले तौलदेखि कोलेस्ट्रोलसमेत सबैलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
लौकामा भिटामिन ए, भिटामिन–सी, थायामिन, रिबोफ्लेभिन, भिटामिन बी३, बी६, मिनरल्स, क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस, पोटासियम, सोडियम, फाइबर र जिंक जस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ भने गर्मीमा शीतल प्रदान गर्छ र लू लाग्नबाट पनि बचाउँने काम गदर्छ ।
यसलाई विभिन्न रूपमा खान सक्नुहुन्छ। लौका विशेष गरी तरकारीका रुपमा प्रयोग हुने गर्दछ । यसलाई जुस पनि बनाएर पिउन सकिन्छ ।
भिटामिन सी, भिटामिन बी, क्याल्सियम, म्याग्नेसियम र पोटासियम जस्ता पोषक तत्वहरूले
के के छन् त लौकाका फाइदा ?
१ कब्जियत तथा एसिडिटी भएमा लौकाको जुसले निकै फाइदा गर्छ । यसमा भएको फाइबरले पेट सफा गर्न मद्दत गर्छ ।
२ लौकामा कम क्यालोरी हुन्छ र यसले तौल नियन्त्रणमा मद्दत गर्छ।
३ यसको सेवनले शरीरमा कोलेस्टेरोलको मात्रा कम गर्नुका साथै यसमा हुने भिटामिन सी र एन्टी अक्सिडेन्ट नामक तत्वले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ
४ लौकामा फाइबर पाइन्छ जसले मुटुलाई स्वस्थ राख्छ र रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।
५ लौको जुस एक दिनमा एक गिलास सेवन गर्नाले उच्च रक्तचाप सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।
६ लौकामा रहेको न्यूट्रेशनले शरीरमा शक्ति पैदा गर्नुका साथै मानसिक तनाव कम गर्न मद्दत गर्छ ।
७ लौकाको नियमित सेवनले त्वचालाई सुन्दर र कोमल बनाउँछ । साथै पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारीका रुपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भाशय मजबुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।
८ नियमित रुपमा लौकाको तरकारी वा जुस बनाएर एक गिलास पिउने गर्नाले कपाल सेतो अर्थात् कपाल फुल्नबाट रोक्छ ।
९ लौका पानीले भरिएको हुन्छ । गर्मीमा यसले शरीरलाई हाइड्रेटेड राख्छ। यसका साथै लौकाको सेवनले शरीरलाई शीतलता प्रदान गर्छ ।
कसरी खान सकिन्छ
– प्याज, टमाटर र मसलासँग लौकी पकाएर स्वादिष्ट तरकारी बनाउन सकिन्छ।
– लौकालाई दहीमा मिसाएर भात वा पराठासँग खान सकिन्छ ।
– दूधमा लौका पकाएर मिठो खीर बनाउन सकिन्छ । यसमा चिनी, दालचीनी र काजू मिसाएर स्वाद बढाउन सक्नुहुन्छ।
–लौकाको गोला बनाएर मटर वा टमाटर ग्रेभीमा पकाएर स्वादिष्ट कोफ्ता बनाउन सक्नुहुन्छ।
प्रतिक्रिया