लाओसमा पहिलो स्मार्ट एक्सप्रेसवे निर्माण गर्न ह्वावेको सहयोग

लाओसमा पहिलो स्मार्ट एक्सप्रेसवे निर्माण गर्न ह्वावेको सहयोग


लाओस –  भियन्टियान–भ्यांगभियांग एक्सप्रेसवे सम्मको चीन–लाओस एक्सप्रेसवेको पहिलो चरण औपचारिक रूपमा खोलिएको छ ।

लाओस सरकारको सहयोगमा युन्नान कन्स्ट्रक्शन एण्ड इन्वेस्टमेन्ट होल्डिंग ग्रुपले संयुक्त रूपमा निर्माण गरेकोे भियन्टियान देखि भ्यांगभियांगसेक्सन (भियन्टियान–भ्यांगभियांग एक्सप्रेसवे) सम्मको चीन–लाओस एक्सप्रेसवेको पहिलो चरण डिसेम्बर २० मा औपचारिक रूपमा खोलिएको थियो।

भियन्टियानबाट भ्यांगभियांग सम्मको यात्रामा साढे दुई घण्टा बचत भई लगभग एक घण्टा मात्र लाग्ने र यसले क्षेत्रीय स्रोतहरूको प्रभावकारी विकास गर्न, मार्गमा पर्ने लाओसका जनताको जीवनस्तर सुधार गर्न, सामाजिक–आर्थिक व्यापार र सांस्कृतिक आदानप्रदानमा सहयोग गर्नेछ।

भियन्टियानदेखि भ्यांगभियांग एक्सप्रेसवे लाओसको पहिलो स्मार्ट एक्सप्रेसवे हो। ग्लोबल अग्रणी सूचना तथा सञ्चार प्रविधी (आईसीटी), क्लाउड कम्प्युटिङ, इन्टरनेट अफ थिंग्स (आईओटी) र सुरक्षा व्यवस्थापन प्रणालीको आधारमा सुरक्षित, स्थिर र इन्टेलिजेन्ट आईसीटी प्लेटफर्म निर्माण गर्न ह्वावेले आफ्नो पार्टनर युन्नान ह्वायुआन इलेक्ट्रोनिक्स कम्पनी सङ्गसहकार्य गरेको थियो।

मार्गमा तैनात ह्वावेको डाटा संचार र प्रसारण उपकरणले एक डिजिटल धारणा, अन्तक्रिया, प्रसारण र अनुप्रयोग एकीकृत सोलुसन निर्माण गर्दछ जुनरीयल टाईम इन्टेलिजेन्ट मोनिटरिङ, इन्टेलिजेन्ट चार्जिंग,आपतकालीन प्रतिक्रिया र निर्णय विश्लेषण जस्ता अल–सिनारियो सोलुसन कार्यान्वयन गर्नका लागिबिगडाटा विश्लेषण र अन्य प्राविधिक माध्यमहरू प्रयोग गर्दछ ।

२०२१ मा लाओसमा निर्माण हुने फाइभ जी नेटवर्क यस स्मार्ट एक्सप्रेसवेसँग एकीकृत हुनेछ। फाइभ जी प्लस एआई टेक्नोलोजीको भविष्यले एक्सप्रेसवेको बौद्धिक स्तरलाई अझ वृद्धि गर्नेछ र लाओसमा पूर्वाधार विकासलाई सहज बनाउनेछ।भियन्टियान–भ्यांगभियांग एक्सप्रेसवेको शुरुवात विन्दु लाओसको राजधानी भियन्टियानमा अवस्थित छ ।

यस एक्सप्रेसवेको उद्घाटनले स्थानीय यातायातको अवस्था सुधार, यातायात दक्षता सुधार, त्यस मार्गमा पर्ने क्षेत्रको अर्थतन्त्र र पर्यटनको विकासलाई प्रबर्धन गर्ने छ र प्रभावकारी रूपमा स्थानीय जनतालाई फाइदा पुग्ने छ।

फोखम, त्मार्क रिसोर्ट भ्यांगभियांगकाएक कर्मचारी ले खुसी व्यक्त गर्दै भने किः ूयस अवधिमा होटल बुकिङमा उल्लेखनीय बृद्धि भएको छ।पर्यटकहरूले भियन्टियान–भ्यांगभियांग एक्सप्रेसवेमा यात्रा अनुभवलाई पनि प्रशंसा गरेका छन, जसले ड्राइभिङ सुरक्षा सुनिश्चित गर्न हाई–टेक र ईन्जिनियरिङनिर्माण, आधुनिक अवधारणा र अत्याधुनिक प्रविधि एकीकृत गर्दछ।मलाई विश्वास छ कि यस एक्सप्रेसवेको उद्घाटन पछि यसले पर्यटन र आर्थिक विकासलाई बढावा दिन मद्दत पु¥याउनेछ र तदनुसार मेरो आय पनि बढ्ने छ।

भियन्टियानमा काम गर्ने नान्थावथले आफ्नो गृहनगरमा पहिलो एक्सप्रेसवकोे उद्घाटन अनुभव गर्न आफ्नो परिवार लिएर गए । नयाँ सडक पुरानो भन्दा फराकिलो, छिटो र सुरक्षित छ। भियन्टियानबाट भ्यांगभियांग सम्म आवतजावत गर्न एक दिन पुरै लाग्थ्यो र अब भ्यांगभियांग पुग्न एक घण्टा जतिमात्र लाग्दछ । ईटीसीको प्रयोगले यसले छिटो र व्यवस्थित ट्राफिकको सुविधा पु¥याउनेछ र आईसीटी प्रविधिले ट्राफिकलाईस्मार्ट र सुविधाजनक बनाउनेछ,उनले भने।