रुबी हत्या घटनामा जोडिएका लक्ष्मणको उपचारका क्रममा मृत्यु

रुबी हत्या घटनामा जोडिएका लक्ष्मणको उपचारका क्रममा मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ ।

शरीरको आधाभन्दा बढी भाग जलेको अवस्थामा रहेका पासवानलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो । 

उनको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा बुधबार साँझ ६ बजेतिर पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी कुलदीप चन्दले बताए ।

माधवनारायण नगरपालिका–६ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले बुधबार बिहान शरीरमा आगो लगाएको अवस्थामा पासवानलाई पक्राउ गरेको थियो ।

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करीब ८ बजे पासवानले आत्मदाह गर्ने लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । तत्काल स्थानीय अस्पतालमा लगे पनि थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुरमा लगिएको हो ।

पासवानको एक भिडिओ पनि सार्वजनिक भएको थियो । भिडिओमा रुबीको हत्या गरेको स्वीकार गरेका छन् । केही दिनअघि गौरको मुडलवा गेटनजिक सुटकेशभित्र रुबीको शव भेटिएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।