निराला न्याय परिषद्मा नियुक्त

निराला न्याय परिषद्मा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।

संविधानको धारा १५३ को उपधारा(१) को खण्ड (घ) बमोजिम निरालालाई न्याय परिषद्को सदस्यमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतवार संघीय संसद् संसदीय सुनुवाइ समितिले निरालालाई न्याय परिषद् सदस्य पदमा अनुमोदन गरेको थियो । सरकारले खड्कालाई न्याय परिषद् सदस्य पदमा गत पुस ३ गते सिफारिस गरेको थियो ।