लक्ष्मी बैंकको ५ औं एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा

लक्ष्मी बैंकको ५ औं एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लक्ष्मीबैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ५ औं एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यो नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ५ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो शाखाको साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापकबनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवाप्रदान गरी शहरी तथाअर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।