काठमाण्डु – एसियन डेभेलपमेन्ट बैंक ले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधि बाटलक्ष्मी बैंक लाई सम्मानित गरेको छ । सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ । जसमा एडिबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।
एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदानगर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले बिभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरुसँग कारोबार गरी सबै भन्दा सकृय साझेदार बैंकको रूपमा प्रस्तुतभएको छ ।
एडिबीको ‘लिडिङ्ग पार्टनर बैंक’उपाधिले लक्ष्मी बैंकको व्यापार तथावित्त, परिचलनक्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापानको सुदृधिकारण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको छ । हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअलु गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंकलाई प्रदान गरिएको थियो ।




प्रतिक्रिया