नेपालमा पहिलोपटक लक्ष्मी बैंकले ल्यायो ‘कार्डरहित एटिएम’, कसरी प्रयोग गर्ने ?

नेपालमा पहिलोपटक लक्ष्मी बैंकले ल्यायो ‘कार्डरहित एटिएम’, कसरी प्रयोग गर्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डिजिटल बैंकिंग प्रविधि विस्तार गर्ने अभियानको क्रममा, लक्ष्मी बैंकले ग्राहकहरुको वालेटलाई पूर्ण रुपमा डिजिटल बनाउने तयारी गरेको छ । बैठकले छोटो समयभित्र ऊ सुविधासहितको एटिएम सञ्चालनमा ल्याउन लागिएको जानकारी दिएको छ ।

बैंकले एटिएम कार्डको विकल्पको रुपमा एक नौलो प्रविधि भएको जनाएको छ । यो सेवा नेपालमै पहिलोपटक भएको बैंकले जनाएको छ ।

अब आफ्नो एटिएमबाट पैसा झिक्न एटिएम कार्ड नचाहिने भएको छ । बैंकको मोबाईल एपमा रहेको एक सुविधा प्रयोग गरेर ग्राहकहरुले सजिलै एटिएमबाट कार्ड बिना नै पैसा झिक्न सक्ने बैंकले जनाएको छ । ग्राकहरुले बैंकको मोबाइल बैंकिंग एप ‘मोबाइल मनि’ र आफ्नो मोबाइलमा इन्टरनेटको सहायताबाट उक्त सेवा लिन सकिने बताएको छ ।

ग्राहकले आफ्नो मोबाइल मनिमा लग–इन गर्ने बितिकै ‘कार्डलेस विथ–ड्र’ भन्ने अप्सन देख्न सक्नेछन् । यसमा क्लिक गरेर चाहेजतिको रकम हाल्नु पर्नेछ । त्यस पछि “‘कन्फर्म’ गर्नका लागि आफ्नो एम–पिन वा फिंगर–प्रिन्ट स्क्यान गर्नु पर्नेछ । यति गरिसकेपछि ग्राहकले आफ्नो फोनमा (मोबाईल मनिमा दर्ता भएको नम्बरमा) ‘ओटिपि कोड’ एसएमएसको रुपमा प्राप्त गर्नेछन् । जसलाई कारोबार नसके सम्म सुरक्षित राख्नुपर्ने हुन्छ तर प्राप्त भएको सो ओटिपि कोड केहि समय सम्मका लागि मात्र प्रयोग गर्न सकिनेछ ।

यति गरिसकेपछी एटिएम बुथमा एटिएममा पनि कार्ड हाल्नु अगाडि नै ‘कार्ड–रहित’ भन्ने अप्सन देख्न सकिनेछ र सो अप्सन छानिसकेपछि आफ्नो मोबाइल मनिमा दर्ता भएको नम्बर हाल्नु पर्नेछ । त्यस पछी ग्राकहले प्राप्त गरेको ओटिपि कोड र मोबाईल मनिमा अनुरोध गरिएको रकम हालेपछि एटिएमबाट नगद प्राप्त गर्न सििकनेछ । यस बखत ध्यान पुर्याउनु पर्ने कुरा चाहिँ एटिएममा र मोबाईल मनिमा हालिएको रकम कम वा बढी नभई एउटै हुन जरुरी छ ।

यो नौलो प्रविधि र सुविधाका सबैभन्दा महत्वपुर्ण फाईदा भनेको आफुले एटिएम कार्ड बोकी राख्न पर्दैन ।