लक्ष्मी बैंकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण

लक्ष्मी बैंकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लक्ष्मी बैंक लिमिटेडले वार्षिक योजना ‘डिजिटल डिसेम्बर’ को तेस्रो संस्करण ल्याएको छ । एक महिने यो अभियान अन्तर्गत विभिन्न पुरस्कार र छुट माध्यमबाट ग्राहकहरूलाई डिजिटल बैकिङ्ग प्रविधिहरू प्रयोगमा प्रोत्साहन गर्ने बैंकको दाबी छ ।

यो एक महिने अभियानको उद्देश्य ग्राहकलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु हो।

डिजिटल डिसेम्बरको यस संस्करण  क्यूआर भुक्तानीको प्रवर्द्वन गर्नमा केन्द्रित छ र लक्की ड्रद्वारा आफ्ना ग्राहकहरुलाई क्यूआर भुक्तानी गर्न र व्यवसायी हरुलाई क्यूआरबाट लेनदेन गर्न प्रोत्साहन गर्दछ ।

यस योजना अन्तर्गत, डिजिटल डिसेम्बर भरी हरेक हप्ता ३ भाग्यशाली क्यूआर व्यवसायीहरुले ५,००० नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली क्यूआर भुक्तानी गर्नुहुने ग्राहकले ५०० सम्मको ५० प्रतिशत क्यासब्याक जित्न सकिनेछ ।

साथै यस योजना को अवधि भरी, मोबाईल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाईल मनी मार्फत १००० भन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्य ५०० जना भाग्यशाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा ५०० क्यासब्याक पाउन सकिनेछ ।

यसका साथसाथै डिजिटल कारोबारलाइ थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरी मोबाईल मनी सब्स्क्राइब गर्नुहुने सबैले एक महिना सो सेवा नि:शुल्क पाउन सकिनेछ । डिजिटल डिसेम्बरको यो संस्करण सुरु भैसकेको छ ।