लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर धनुषा जिल्ला अदालतमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर धनुषा जिल्ला अदालतमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो आठौँ एक्स्टेन्सन काउण्टर जनकपुर उपमहानगरपालिका स्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ ।

यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १३८ शाखा, ८ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो एक्स्टेन्सन काउण्टरको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, ए.टि.एम., इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।