लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर रुकुम पश्चिममा

लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर रुकुम पश्चिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम  – लक्ष्मी बैंकले आफ्नो ११औं एक्स्टेन्सन काउण्टर रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकास्थित झुलनेटामा स्थापना गरेको छ ।

यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १४१ शाखा, ११ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६३शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको छ ।

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरागर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवाविस्तार गर्दै आएको छ ।

यो एक्स्टेन्सन काउण्टरको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग वा मोवाईल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथाअर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने  बैंकले विश्वास लिएको छ ।