कााठमाडौं – लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११६औँ शाखा काठमाडोैंको तहाचलमा संचालनमा ल्याएकोे छ । उक्त शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै सानातथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
यो शाखाका साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापकबनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लघुवित्त, लगायतक वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दैआएको छ ।
यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।




प्रतिक्रिया