काठमाडौं – लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारकालागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकका प्रमुखकार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुखकार्यकारी अधिकृत रिता गुरुङ्गले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वकार्यक्रमअन्तर्गत आर्थिक रुपले विपन्न पृष्ठभुमिका बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा)को पहिचान र उपचारका लागि ५ लाख बराबरको आर्थिक सहयोग प्रदानगर्नेछ ।
रटिनोब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाकक्यान्सर हो जुन सामान्य तया नवजातशिशु र पाँच वर्ष सम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५००० नवजात शिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्तालागेमा ज्यानमात्र होइनआँखा र दृष्टि पनिबचाउन सकिने प्रविधिहरुको विकास भएको छ । नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापि, लेजर थेरापि, प्लेग ब्राकिथेरापि, शल्यक्रिया लगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ ।
सुस्वास्थ्य सम्बन्धीदिगो विकास लक्ष्यप्राप्तिमा सहयोग पु¥याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारकालागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो ।
लक्ष्मी बैंक सन् २००२ मा स्थापनाभइको क वर्गकावित्तीय संस्थाहो । बैंकले आफ्नाशाखाएवं आइटि च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवाप्रदानगर्दै आइरहेको छ । हाल बैंकका नेपालअधिराज्यभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको छ ।




प्रतिक्रिया