लक्ष्मी बैंकले ल्यायो सुरक्षित भिसा डेभिट कार्ड सर्भिस


काठमाडौं– लक्ष्मी बैंकले आफना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदान गर्ने उद्देश्यसहित भिसा डेबिट कार्डहरु ल्याएको छ । यस्तो सुनिश्चितताले ग्राहकलाई अनधिकृत कारोबार हुन बाट जोगाउँने बैंकको दाबी छ ।

बैंककाअनुसार एक पटक रजिस्टर्ड गरेपछि भिसा डेविट कार्डका प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट इन्टरनेटको माध्यमबाट सुरक्षित एवं सहज रुपमा अनलाइन इ कमर्सको कारोवार गर्न सक्नेछन् ।

संसारभर अधिकतम प्रयोगमा रहेको अनलाईन बजारको कारोवारलाई यस बैकका भिसा डेबिट कार्ड प्रयोगकर्ताले सजिलै अनि अझ बढी सुरक्षित तरिकाले प्रयोग गर्न सक्ने बैंकको दाबी छ । अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिजा इन्टरनेशनल मार्फत यो सेवा लक्ष्मी बैकका डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराईएको छ ।

भारतको इजियालिएण्ट टेक्नोलोजिको प्राविधिक सहकार्यमा यो सेवा गर्न सुरु गरिएको हो । उक्त सेवा सुचारु गर्नको लागि बैंकका भिजा डेबिट कार्ड प्रयोगकर्ताले कारोवार गर्दाको अवस्थामा वा यस बैंकको वेभसाइटमा गई कुनै पनि समयमा यो सेवा सुचारु गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement