लक्ष्मीबहादुर निराला न्यायपरिषद सदस्यमा अनुमोदन

लक्ष्मीबहादुर निराला न्यायपरिषद सदस्यमा अनुमोदन


काठमाडौं – न्यायपरिषद सदस्यमा लक्ष्मीबहादुर निराला (खड्का)को नाम सर्वसम्मत अनुमोदन भएको छ । निरालाविरुद्ध समितिमा उजुरी नपरेपछि आइतबार संसदीय सुनुवाई समितिले निरालाको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

सरकारले निरालालाई न्याय परिषद् सदस्य पदमा गत पुस ३ गते सिफारिस गरेको थियो । अब राष्ट्रपतिले उनलाई नियुक्ति गर्नेछिन् ।