बालुवाटारमा सत्तापक्षीय कार्यदलको बैठक सुरु, नेपाल पक्ष अनुपस्थित

बालुवाटारमा सत्तापक्षीय कार्यदलको बैठक सुरु, नेपाल पक्ष अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ दलका नेताहरु सहभागी गठबन्धन कार्यदलको बैठक सुरु भएको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक बसेको हो । प्रधानमन्त्रीको सचिवलायका अनुसार बैठकमा कार्यदलका संयोजक एवं नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, डा मिनेन्द्र रिजाल र माओवादी केन्द्रबाट वर्षमान पुन बैठकमा सहभागी छन् ।

त्यसैगरी जनता समाजवादीका तर्फबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र कुमार राय बैठकमा सहभागी छन् । उक्त बैठकमा माधव नेपाल पक्षका नेता भने सहभागी छैनन् । कांग्रेस महामन्त्री खड्काको संयोजकत्वमा गठित कार्यदललको पहिलो बैठकमा सरकारका कार्यक्रमबारे प्रारम्भिक छलफल भएको थियो ।

आजको बैठकमा मिहिन रुपमा छलफल हुने र न्युनतम साझा कार्यक्रम तय गर्ने नेताहरुले जनाएका छन् । असार २९ गते पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री देउवाले हालसम्म पूर्ण रुपमा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।