राजनीतिक स्थिरताका लागि गठबन्धन बनेको हो : नेता सिंह

राजनीतिक स्थिरताका लागि गठबन्धन बनेको हो : नेता सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस काठमाण्डु क्षेत्र नं १ ले आज काठमाण्डुमा आयोजना गरेको घरदैलो कार्यक्रममा उनले मुलुकमा राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासका लागि गठबन्धन निर्माण भएकाले आगामी निर्वाचनमा उक्त गठबन्धनले जित्नुपर्नेमा जोड दिएका हुन्  ।

“संविधानको रक्षा र संविधानले दिएको अधिकारलाई संस्थागत गर्न सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ”, नेता सिंहले भने, “निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न सबै राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको छ । यसैगरी आचारसंहितालाई ख्याल गरेर चुनावी अभियान सञ्चालन गर्नुपर्छ,” उनले भने ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले नेपाली जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट निर्माण भएको संविधानको रक्षा र शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पु¥याउनका लागि लोकतान्त्रिक–वाम गठबन्धनको आवश्यकता रहेको बताए ।