लिग वानको नयाँ सिजनमा पिएसजीको दोश्रो जित

लिग वानको नयाँ सिजनमा पिएसजीको दोश्रो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-पेरिस सेन्ट जर्मेनले पार्क डे प्रिन्समा मोन्टपेलियरलाई हराउँदै लिग वानको नयाँ सिजनमा दोश्रो जित दर्ता गरेको छ ।

मोन्टपेलियरलाई ६–० को विशाल अन्तरले हराउँदै पिएसजीले यो सिजन पनि आफुहरु उत्तीकै अब्बल रहेको सन्देश दिएको हो ।

ब्राडली बारकोलाले खेलको चौथो मिनेटमा दिएको अग्रतापछी पिएसजिले थप ५ गोल गरेको थियो । खेलको २४ औ मिनेटमा एसेन्सियोले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफ २–० ले अघि बढेको पिएसजीले दोश्रो हाफमा थप चार गोल थप्यो । उस्को लागि बारकोलाले पुनस् ५३ औं मिनेटमा गोल गरे भने हाकिमिले ५८ औं मिनेटमा गोल गरे ।

जाइरे–एमेरीले ६० औं मिनेटमा गरेको गोल पाँचौ गोलको रुपमा परिणत हुँदा वैकल्पिक खेलाडी काङ इनले निर्धारित समयभन्दा आठ मिनेट बाँकी रहँदा बायाँ खुट्टाको प्रहार सुन्दर गोलमा परिणत भएसँगै खेल पिएसजीले ६–० को विशाल अन्तरले जित्यो र लगातार दुई खेलमा बिजयी बन्दै अंक तालिकाको शिर्षमा कायम रहन सफल बन्यो ।