काठमाण्डु – कोरोनाको संक्रमण बढेसंगै नेपालका प्रायः क्षेत्र प्रविधिसंग जोडिदैछन् । त्यसका लागि डिजिटल सिकाइको खाँचो पनि उत्तिकै छ । लकडाउनको समय सदुपयोगसंगै व्यवसायिक सिप सिकाउने उदेश्यले स्कोलर्स स्पेसले व्यवसायिक सीपहरू ल्याएको छ ।
तपाई घरमै बसेर ति सिपहरु निःशुल्क रुपमा सिक्न सक्नुहुने छ । कोभिड–१९का कारण लकडाउनसँगै शैक्षिक क्षेत्रभित्र प्रभावित विद्यार्थीहरुलाई नवीन पक्षहरु चिनाउँदै डिजिटल विश्वमा व्यवसायिक करियर बनाउन चाहानेहरुलाई अग्रसर गराउने विश्वास सहित ‘स्कलर्स स्पेस’ अघि सारिएको सह–संस्थापक रोहित सेन्चुरीले बताए ।
ग्राफिक डिजाइन, भिडिओ एडिटिङ, भिडिओग्राफी, अफिस प्रोडक्टिभिटी, गुगल प्रोडक्टिभिटी, लोगो बनाउने लगायतका २० विधाका सीपहरू यहाँबाट सिक्न सकिन्छ । यसमा अहिले सिपमुलक मात्र राखिएपनि भविश्यमा विद्यालय तहका सरकारी र कृषि तथा भेटिरिनरी सम्बन्धी पाठ्यक्रम पनि समावेश गर्ने योजना रहेको रोहितले बताए ।
के हो त स्कलर्स स्पेस ?
यो एउटा लर्निङ्ग नेटवर्क हो जसमा विभिन्न क्षेत्रको सिप सिक्न सिकाउन, अन्तरक्रिया गर्न र व्यवसायिकतालाई एक आयाममा जोड्न सकिन्छ। यसमा सिक्ने र सिकाउने मात्र नभएर आफ्नो प्रतिभा प्रदर्शन गर्ने, स्लाइड सेयर गर्ने, अनलाइन इन्ट्रान्सको समेत फिचरहरु यसमा समाबेश गरिएको छ ।
Visit Platform : www.scholarsspace.com
स्कर्लस स्पेसका मुख्य फिचरहरु ?
स्कर्लस स्पेसको सम्पूर्ण फिचरहरु प्रयोग गर्नका लागि स्कर्लस स्पेस साइट वर्क स्पेस देख्न सक्नुहुन्छा। यस अन्तर्गत लर्न स्पेस, स्लाइड स्पेस, इन्ट्रान्स स्पेस, र ब्लग स्पेस छ।
लर्न स्पेस स् स्कलर्स स्पेसको यो स्पेस सिक्नका लागि हो । सिक्न र ग्रो हुनका लागि यो फिचरको प्रयोग गर्न सकिन्छ । लर्न स्पेसमा विभिन्न बिधाका कोर्सहरु तपाईंले पाउन सक्नुहुन्छ ।
ब्लग स्पेसस् यो स्पेस तपाईंको डिजिटल बुक हो, जहाँ तपाईंले आफ्नो अनुभव, विचार, सम्झना, जीवनको यात्रा आदि लेख्न सक्नुहुन्छ ।
इन्ट्रान्स स्पेसस् यो एउटा ओपन इन्ट्रान्स अभ्यास गर्ने ठाउँ हो जसमा इन्जिनियरिंग एजीरभेट लगायत विभिन्न विधाका विद्यार्थीहरुले आफ्नो क्षमातालाई अभ्यास गर्न सक्छन् । तथा अन्तिममा सम्पूर्ण रिपोर्ट समेत सहरुपमा प्राप्त गर्न सक्छन् ।
स्लाइड स्पेसस् स्लाइड स्पेस यस्तो स्पेस हो, जहाँ कोर्शहरु, कुनै पनि सूचना र स्टफहरु स्लाइडको फर्ममा डाउनलोड गर्न सक्नुहुनेछ ।
हाल लकडाउनमा विभिन्न सिकाइ पद्धती चाहाने व्यक्तिहरुलाई केन्द्रित गरि स्कोलर्स स्पेसले सम्पूर्ण कोर्षहरु आफ्नो प्लाटफर्ममा उपलब्ध गराएको छ भने LIVE (लाइभ) ट्रेनिंग नै चाहिने व्यक्तिहरुका लागि लाइभ सेसन समेत गराउने योजनामा स्कर्लर स्पेस रहेको छ।
स्कलर्स स्पेसमा कोर्ष कसरी लिने ?
-स्कलर्स स्पेसमा कोर्ष लिनका लागि पहिले scholarsspace.com मा जानुहोस्,
-तपाई पहिलो पटक चलाउदै हुनुहुन्छ भने एकाउन्ट बनाउन पर्ने हुन्छ त्यसको लागि साईन अप गर्नुहोस्, र अर्को चोटि जादा लग ईन गर्नु पर्ने हुन्छ,
-त्यसपछि तपाई भित्र छिरिसके पछि कोर्से सर्च बक्स बाट पनि पाउन सक्नु हुन अथवा दायातिर वर्कस्पेस देख्न सकिन्छ। त्यहाँ देखिने लर्नस्पेसभित्र विभिन्न कोर्षहरु दिईएको हुन्छ,
-त्यो कोर्समा गईसके पछि ईनरोल नाओ मा क्लिक गरेर तपाई कोर्से लिन सक्नु हुनेछ,
-तपाइले पनि लकडाउनको समयमा घरमै बसेर सिप सिक्ने अवसरको सदुपयोग गर्नुहोस् । (स्कलर्स स्पेसको वेबसाइटः www.scholarsspace.com, तथा तपाइले ९८४७३१९९४६, मा फोन या [email protected] मा इमेलमार्फत पनि थप जानकारी लिन सक्नुहुने छ ।





प्रतिक्रिया