एजेन्सी – भ्रष्टाचार मुद्धामा मुछिएका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् ।
८२ वर्षीय कार्लोसले आफ्ना छोरालाई एक पत्र लेख्दै आफुले देश छाड्न लागेको जानकारी गराएका हुन् । यद्यपी उनले आफूसँग सोधपुछ गर्न चाहेको खण्डमा आफू जुनसुकै समयमा उपस्थित हुने समेत बताएका छन् । कार्लोसले स्पेन कहिले कहिले छाड्नेछन् र त्यसपछि उनी कहाँ बस्नेछन् भन्ने विषय भने स्पष्ट खुलाइएको छैन ।
कार्लोस साउदी अरेबियामा एक हाइ–स्पीड रेलको ठेक्काका विषयमा कार्लोसको कथित संलग्नताबारे गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले अनुसन्धान अघि बढाएको बीबीसी जनाएको छ । करिब ४० वर्ष राज गरेपछि कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए ।




प्रतिक्रिया