लेबनानमा गम्भीर मानवीय संकट, युद्धमा हजार बढीको मृत्यु, १० लाख बढी विस्थापित

लेबनानमा गम्भीर मानवीय संकट, युद्धमा हजार बढीको मृत्यु, १० लाख बढी विस्थापित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजरायली सैन्य कारबाही र सीमावर्ती भिडन्तले लेबनानमा गम्भीर मानवीय संकट उत्पन्न भएको छ ।

लेबनानी स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मार्च २ देखि सुरु भएको इजरायली आक्रमणमा हालसम्म एक हजार बढीको मृत्यु भइसकेको छ। यस्तै झण्डै ३ व्यक्तिहरू घाइते भएका छन् ।

मृत्यु हुने र घाइते हुनेहरूमा ठुलो संख्यामा सर्वसाधारण, विशेष गरी महिला, बालबालिका र अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरू छन्। हवाई आक्रमण र जमिनी भिडन्त तीव्र बन्दै गएकाले हताहत हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी सरकारी अधिकारीहरूले दिएका छन्।

इजरायली सेनाले दक्षिणी लेबनानको कासिमियाह पुलमा विस्फोट गराएको छ। लेबनानी राष्ट्रपति जोसेफ आउनले यो आक्रमणलाई जमिन आक्रमणको पूर्वसूचना भनेका छन्।

यस भीषण आक्रमणले लेबनानमा आधुनिक इतिहासकै सबैभन्दा ठुलो विस्थापन पनि निम्त्याएको छ। सरकारी तथ्यांक अनुसार देशभरिबाट १० लाखभन्दा बढी मानिस आफ्नो घर छोडेर सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएका छन्।

यो संख्या लेबनानको कुल जनसंख्याको करिब पाँच भागको एक भाग हो। विस्थापित हुनेहरूको संख्या पछिल्लो दुई हप्तामा निकै तीव्र गतिमा बढेको छ । जसले गर्दा देशका सुरक्षित मानिएका क्षेत्रहरूमा पनि चाप बढेको छ।

विपद् व्यवस्थापन एकाइले हाल करिब एक लाख ३४ हजार ३७७ जना विस्थापितहरू ६२० भन्दा बढी सरकारी राहत शिविर र सामूहिक आश्रयस्थलहरूमा बसिरहेको उल्लेख गरेको छ। यस्तै धेरैजसो शिविरहरू आफ्नो क्षमताभन्दा बढी भरिएका छन्।

शिविरमा खाद्यान्न, औषधि तथा आधारभूत आवश्यकताका सामग्रीहरूको चरम अभाव देखिएको छ। आश्रय नपाएका हजारौँ परिवारहरू सडक, सार्वजनिक पार्क र सवारी साधनहरूमा रात बिताउन बाध्य छन्।