काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
लेबनानमा तैनाथ श्री बर्द बहादुर गण ६२ औं डफ्फालाई बदली गर्नको लागि श्री गोरख बक्स गण ६३ औं डफ्फाको पहिलो फ्लाईटमा प्रमुख सेनानी विकास केसीको नेतृत्वमा २१५ जना नेपाली शान्ति सैनिक बुधबार मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न देशमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउदै आईरहेको छ ।
कोभिड–१९ महामारीका बाबजुद पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको दौरानमा सम्पुर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाईएको नेपाली सेनाले जनाएको छ ।




प्रतिक्रिया