काठमाण्डु– शान्ति स्थापनार्थ लेबनानमा खटिएको नेपाली सेनाको टोली अदलाबदली गरिएको छ ।
नेपाली सेनाले शुक्रबार ६७ औँ डफ्फाका रूपमा बिष्णुदल गणका २२४ जनालाई पठाएको हो । नेपाली सेनाको ६६ औँ डफ्फा सबुज गणका २२४ जना शुक्रबारनै लेबनानबाट फर्किइसकेका छन् ।
लेबनान मिसनमा मिसनमा नेपाली सेनाका ५५४ जना शान्ति सैनिकहरू कार्यरत रहेको सैनिक जङ्गी अड्डाले जनाएको छ ।




प्रतिक्रिया