लेवनानमा स्थानीयको मन जित्दै नेपाली सेना


लेवनान – लेवनानको दक्षिणी क्षेत्रमा तैनाथ भई युनिफिल मिशनको शान्ति सैनिकको जिम्मेवारी वहन गरिरहेको वर्द बहादुर गणले स्थानीयको मन जित्न सफल भएको छ । हालको महामारीको समयमा समेत आफ्नो जिम्मेवारी क्षेत्रमा सिमिक गतिबिधिलाई निरन्तरता दिएकाले स्थानीयहरुको मन, मस्तिष्क जित्न सेना सफल भएको हो। उक्त गणका प्रमुख प्रमुख सेनानी राजीव थापाको पहलमा गणले विभिन्न कामहरु गर्दै आएको छ ।

युनिफिल मिशन सेक्टर इस्टका कमाण्डर विग्रेडियर जाभियर मिरागया प्रियटोद्धाराद्वारा शुभारम्भ भएको ब्लु टु ग्रिन क्याम्पियन २०२१ लाई निरन्तरता दिंदै लेवनानमा खटिएको नेपाली सेनाको उक्त गणले नगर प्रमुखहरुको सहभागितामा माज्दल स्लिम र साक्रा नगरपालिकामा २५०\२५० गोटा पाईन्स, सेडार, कारवोस, अलिभ र फिग्स प्रजातिका विरुवाहरु वृक्षारोपण गरेको छ ।

साथै, लेवनानको मदरस डेको अवसरमा हौला नगरपालिकाका महिलाहरुलाई लक्षित गरी संचालन गरीएको कोभिड १९ सम्बन्धी सचेतना तालिममा सहभागी २३ जना महिलाहरुलाई गणको तर्फबाट कोभिड किट र फस्ट एड किट वितरण गरिएको थियो । साथै उक्त गणले डेन्टल ओ.पि.डि. पुनः संचालनमा ल्याएपश्चात जिम्मेवारी क्षेत्रका स्थानियहरुले समेत दांत सम्बन्धि सेवा प्राप्त गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement