सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणः लेखा समितिमा किन हंगामा मच्चियाे ?

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणः लेखा समितिमा किन हंगामा मच्चियाे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा आफूहरुको पनि नाम आएको भन्दै आपत्ति जनाएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बाहिरिएपछि बैठकमासमेत हंगामा भएको हो ।

समितिको आजको बैठकले प्रिन्टिङ प्रेस खरिदसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गर्दैगर्दा त्यसअघि नै अडियो बाहिरिएपछि हंगामा भएको हो ।

सरकारले प्रिन्टिङ प्रेसबारे स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजेछि मिश्रले नै उक्त अडियो डेढ महिना अघि नै प्रधानमन्त्रीलाई दिएका थिए भने बुधबार साँझ सञ्चारमाध्यमबाट पनि लिक गराएका थिए ।

बैठकमा नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले ४ अर्ब खाएको भनेर दुष्प्रचार गरेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

‘यस्ता व्यक्तिलाई समितिमा बोलाएर आरोप पुष्टि गर भन्नुपर्छ’, रिजालले भने, ’होइन भने साइबर अपराधको आरोप लगाएर जेल हाल्नुपर्छ ।’

त्यस्तै, नेकपाका सांसद सूर्य पाठकले भने सञ्चार मन्त्रीसँगको अडिओ सार्वजनिक गरेका विजय प्रकाश मिश्रले गरेको सार्वजनिक टिप्पणीमाथि पनि छानबिन गर्नुपर्ने बताए ।

समिति बैठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । समिति सभापति भरतकुमार साहले सञ्चारमन्त्री बाँस्कोटाले कमिशन मागेको अडियो बाहिरिएकाले खरिद प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएका हुन् ।