काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामाग्री खरिदमा अनियमितताको आशंका गरेको छ । सोमबार बसेको समितिको बैठकले सरकारले ओम्नी समूहलले खरिद गरेको स्वास्थ्य सामाग्रीमा अनियमितता भएको भन्दै छानबिन गर्ने तयारी गरेको छ ।
आजको बैठकमा समिति सदस्यहरु विरोध खतिवडा, धर्मशीला चापागाईं, राजेन्द्र केसी, प्रदीप यादवहरुले सांसदहरुले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको आलोचना गरेका छन् । उनीहरुले मन्त्री ढकालले आफ्ना पक्षको समूहलाई मनलाग्दी ढंगले ठेक्का दिएको भन्दै आलोचना गरेका हुन् ।
सरकारले १० अर्बको स्वास्थ्य सामग्री खरिद गरेको बताए पनि पछि करिब नौ अर्बको बिल सार्वजनिक गरेको थियो ।
समिति सभापति भरत शाहले पनि स्वास्थ्य सामग्री खरिदमा ठूलो अनियमितता देखिएको बताएका छन् । उनले आर्थिक र नीतिगत अनियमितता देखिएको बैठकमा बताएका हुन् ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का सदस्यसचिव नारायण बिँडारीलाई बोलाइएको छ ।




प्रतिक्रिया