काठमाठौं – प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले प्रदेश ५ को स्थायी राजधानी बुटवल नै हुने दाबी गरेका छन् ।
शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शाहले प्रदेशको उपयुक्त राजधानी बुटवल नै भएको र हुने दाबी गर्दै प्रदेशको नामाकरण र स्थायी राजधानी छिट्टो टुंगो लगाउनुपर्ने उनले माग गरे ।
मुलुकमा बढिरहेको आर्थिक विसंगति रोक्न आफूहरू लागिपरेको समेत शाहले बताए । दश वर्ष पहिलेदेखि गोलमाल भएको हिसाब मिलान, कारवाही, असूलउपर, बेरुजु फर्छ्यौट, माफी लगायतका प्रक्रियामा समिति क्रियाशील भएर काम गरिरहेको उनले दाबी गरे ।
‘यही अवस्था रहिरहे नेपालको आर्थिक अवस्था एक दिन गर्ल्याम–गुर्लुम ढल्न सक्छ, राज्यको ढुकुटी सरकारले जथाभावी पैसा बाँडेर रित्याइयो, मनपरी खर्च बढेको छ । सरकारले ट्याक्स बढाउने कामबाहेक अरू केही गरेन,’ उनले भने ।
सरकारले गरेका एक–एक कामको लेखाजोखा भैरहेको भन्दै उनले कुनैपनि पदमा रहेकालाई आर्थिक हिसाब हिनामिना गर्ने अधिकार नहुने बताए ।




प्रतिक्रिया